पोखरामा दुई टुक्रा पारिएको महिलाको शव फेला

Newslaya Home

पोखरामा दुई टुक्रा पारिएको महिलाको शव फेला

मङ्गलबार २८, माघ २०७६

कास्की । पोखरा महानगरपालिका– १३ आर्बामा दुई टुक्रा पारिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

सोमबार आर्बा साझा बस्ति नजिकैको जंगलमा क्षत विक्षत अवस्थामा अन्दाजी ३५ देखि ४० बर्षिया महिलाको शव फेला परेको हो ।

दाउरा काट्न गएका स्थानीयले महिलाको शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर दुई टुक्रा पारेर फालिएको अवस्थामा शव फेला परेको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

मृतकको पहिचान हुन नसकेकाले घटनाको बारेमा थप अनुसनधान भईरहेको प्रहरीले जनाएको छ ।