धरानमा आकाशे पुल निर्माण सुरु

Newslaya Home

धरानमा आकाशे पुल निर्माण सुरु

मङ्गलबार २८, माघ २०७६

धरान । सुनसरीको धरानमा आकाशे पुल निर्माण गरिने भएको छ ।

साँघुरो सडकको कारण सधै जाम भइरहने धरान –१८ स्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट अगाडिको सडकमा आकाशे पुल सहित फराकिलो सडक बनाउन लागिएको हो ।

अस्पतालमा उपचार गर्न आउनेको चापको कारण सडक साँघुरो भएकाले विपि प्रतिष्ठान मुल गेटमा ड्रोन र पेटि सहितको ५० फिट चौडा बाटो साथै टेम्पो स्टेण्ड सम्म एक सय ४० मिटर सडक फराकिलो बनाउन लागिएको वडाध्यक्ष प्रविण राइले बताए ।

यस अघि टेम्पो स्टेण्ड देखि वुद्ध चौक सम्मको सडक ५० फिट चौडा गरिसकिएको हुँदा ६२ लाख रुपैयाँको लागतमा थप सडक मर्मतका लागि आइतबार देखि नै स्काभेटरले खन्न सुरु गरिसकेको जनाइएको छ । सडक निर्माण सम्पन्न भएपछि अस्पताल परिसर वरिपरिका सवारी साधन भेन,टेम्पो,सफार र एम्वुलेन्स पार्किङ्गलाई पनि व्यवस्थित गरिने वडाध्यक्ष राईले बताए ।

वडा समितिले आकाशे पुल र सडक निर्माण सम्पन्न भए पश्चात चेस खेलाडीहरुलाई मध्यनजर गर्दै वीपी सुन्दर बजारको सार्वजनिक शौचालयको खाली जग्गामा ३ सय ६३ फिट लम्वाई र २७ फिट चौडाईको चेस पार्क निर्माण गर्ने भएको छ ।

पार्कमा कलात्मक चेस वोर्डसँंगै सेपाकटेक्रो खेल मैदान,व्याडमिन्टन कोर्ट,गार्डन,गोलघर,चौतारो र रेलिङ्ग हुनेछ ।
धरानमा चेस खेल्नको लागि कुनै विशेष स्थान नभएकोले उनीहरुलाई नै लक्षित गरि यहि चैत्र महिनाको अन्तिम भित्र संपन्न हुने गरि चेस पार्क निर्माण गर्न लागिएको वडाध्यक्ष राईले जानकारी दिए ।