७५ हजार घुससहित इञ्जिनियर र वडासदस्य पक्राउ

Newslaya Home

७५ हजार घुससहित इञ्जिनियर र वडासदस्य पक्राउ

मङ्गलबार २८, माघ २०७६

तनहुँ । तनहुँको भानु नगरपालिकाबाट एक इञ्जिनियर र वडासदस्यलाई घुससहित पक्राउ गरिएको छ ।

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारीलाई सोमबार पक्राउ गरेको हो ।

अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै ७५ हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए ।

वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस साथै कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको बहानामा घुस माग गरेको सूचनाका आधारमा पक्राउ गरिएका उनीहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।