मोरङमा मोटरसाइकल दुर्घटना, सुनसरीका एक युवाको मृत्यु

Newslaya Home

मोरङमा मोटरसाइकल दुर्घटना, सुनसरीका एक युवाको मृत्यु

मङ्गलबार २८, माघ २०७६

मोरङ । मोरङको बुढिगंगा–५ स्थित अन्नपुर्ण सिमेन्ट फ्याक्ट्री नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति भित्री सडकखण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को २७ प ८३६७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सुनसरी दुहबी–८ घर भएका २७ बर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए ।

मोटरसाइकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किन पुग्दा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको विराट नर्सिङहोम विराटनगरमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।