इटहरीमा मोटरसाइकल दुर्घटना

Newslaya Home

इटहरीमा मोटरसाइकल दुर्घटना

मङ्गलबार २८, माघ २०७६

इटहरी । सुनसरीको इटहरी–२ आँपगाछी चोकमा मोटरसाइकल दुर्घटना भएको छ ।

तरहराबाट इटहरी तर्फ आउदै गरको को २ ब ७६ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको को २९ प १६०३ नम्बरको मोटरसाईकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाईकल चालक रेखा खनालको टाउकोमा चोट लागेको छ । उनको उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।