धरानमा सैनिक स्कुलको बसले ठक्कर दिँदा एक बालिका घाइते

Newslaya Home

धरानमा सैनिक स्कुलको बसले ठक्कर दिँदा एक बालिका घाइते

मङ्गलबार २८, माघ २०७६

धरान । सुनसरीको धरान उप महानगरपालिका–६ स्थित सैनिक स्कुलको बसले एक बालिकालाई ठक्कर दिएको छ ।

मंगलबार बिहान र्घटना भएको छ । धरान ६ पानवाराबाट याङशिला तर्फ जादै गरेको बा १० च ४०१२ नम्बरको धरान सैनिक स्कुलको हाइलक्स गाडीले लोकनाथ सुबेदीको ४ बर्षिय छोरी युविना सुबेदीलाई ठक्कर दिएको हो ।

सडकको बाया साइडको छेउमा अभिरहेकी सुवेदीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनाबाट घाइते बालिकाको वीपी कोेईराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको जनाइएको छ ।

सैनिक स्कुलको हाइलक्स गाडी र चालक पोखरा घर भएका शंकर रानामगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।