विप्लव समूहका मोरङ सेक्रेटरी राई नेकपा प्रवेश

Newslaya Home

विप्लव समूहका मोरङ सेक्रेटरी राई नेकपा प्रवेश

मङ्गलबार २८, माघ २०७६

मोरङ । विप्लव समूहमा मोरङ सेक्रेटरी उदय राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा सोमबार अध्यक्ष प्रचण्डबाट टीका र खादा लगाएर राई नेकपामा प्रवेश गरेको जनाइएको छ ।

एकताकेन्द्र मसालबाट माओवादीमा प्रवेश गरेका राई माओवादी विभाजित हुँदा विप्लव समूहमा लागेका थिए । मोरङको बेलाबारी घर भएका राई सांस्कृतिकर्मी पनि हुन् ।

राईले विप्लव समूहमा अराजकता, हिंसात्मक राजनीति र अर्थवाद मौलाएको हुनाले पार्टी परित्याग गरेको जानकारी दिएका छन् ।