अस्ट्रेलियामा भइरहेको भीषण वर्षाले यो हप्ताभित्र सबै डढेलो निभाउने आशा

Newslaya Home

अस्ट्रेलियामा भइरहेको भीषण वर्षाले यो हप्ताभित्र सबै डढेलो निभाउने आशा

मङ्गलबार २८, माघ २०७६

बिबिसि । अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ।

शुक्रवारदेखि आगलागीबाट प्रभावित उक्त क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ।

वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो।

केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो।