पुर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा जाँदै

Newslaya Home

पुर्वराजा ज्ञानेन्द्र भारत भ्रमणमा जाँदै

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पुनः भारत भ्रमणमा निस्कने भएका छन् । यही फागुन १ गते काठमाडौं फर्केलगत्तै तीन दिन काठमाडौंको बसाइपछि ४ गते पुनः भारत भ्रमणमा निस्कन लागेका हुन् ।

स्रोतका अनुसार भारतको कुन ठाउँ जाने भन्ने विषय खुलाइएको छैन । १ गते काठमाडौं आउने र कर्मचारीसँग बैठक बसी भारत भ्रमणको स्थान र कार्यतालिका तय गर्ने छन् ।

दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बसेका ज्ञानेन्द्रको सुरक्षासहितको कन्भेटोली उनी आएको भोलिपल्ट फागुन २ गते काठमाडौं फर्कने भएको छ ।

उनीसँगै पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र सबै कर्मचारी काठमाडौं फर्कनेछन् ।

स्रोतका अनुसार करिब दुई साता लामो भारत बसाइपछि उनी काठमाडौं फर्कने र पुनः पूर्वाञ्चलको भ्रमणमा निस्कने छन् ।

ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएपछि यही फागुन ७ गते पूर्वरानी कोमलको जन्मोत्सव नमनाइने भएको छ । पटकपटक भारत भ्रमणमा निस्कने गरेका ज्ञानेन्द्र यो भ्रमण नितान्त व्यक्तिगत भनिए तापनि उच्च तहसँग भेट हुने सम्भावना रहेको निर्मल निवास स्रोतले जनाएको छ ।