फेरी सर्यो स्ववियु निर्वाचन

Newslaya Home

फेरी सर्यो स्ववियु निर्वाचन

मङ्गलबार २८, माघ २०७६

काठमाडौं । फागुन १४ गतेलाई तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन एक महीनाका लागि स्थगित भएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय समिति संयोजक र शिक्षाध्यक्ष पद रिक्त रहेकाले निर्वाचन एक महीना पछाडि सर्ने भएको हो । दुवै पद पूर्ति भएपछि मात्रै निर्वाचन गर्न नेवि संघले माग गरेको थियो ।

विश्व विद्यालयले भने निर्वाचनका लागि विद्यार्थी संगठनहरु र क्याम्पसहरुसँग छलफल गरेपनि निर्वाचन सर्ने निश्चित भएको छ । प्रमुख संगठनहरु अखिल र नेवि संघ नै निर्वाचन सार्ने निष्कर्षमा पुगेपछि निर्धारित मितिमा निर्वाचन नहुने भएको हो ।