डिप्रेशनको शिकार बन्दै पेले

Newslaya Home

डिप्रेशनको शिकार बन्दै पेले

मङ्गलबार २८, माघ २०७६

काठमाडौँ । फुटबल लिजेण्ड पेले डिप्रेशनको शिकार बनेका छन् । उनलाई डिप्रेशन भएको उनका छोरा इडसनले बताएका छन् । लामो समयदेखि अस्वस्थ रहेका उनी अस्वस्थ भएकै कारण डिप्रेशनमा गएको बताइएको छ ।

इडसनले भनेका छन्, ‘बुबा लामो समयदेखि बिरामी हुनुहुन्छ । उहाँको केही महिना अघि हिप ट्रान्सप्लान्ट गरिएको थियो । उहाँ हाम्रा लागि राजा नै हो । तर, पछिल्लो समय बुबा डिप्रेशनको शिकार हुनुहुन्छ । लामो समय बिरामी भएका कारण उहाँमा यस्तो समस्या देखिएको हो ।’

उनले थप भनेका छन्, ‘उहाँ प्राय असहज महसुस गर्नुहुन्छ । यसले पनि उहाँमा थप समस्या सिर्जना गरेको हो ।’