कम्प्युटर ह्याङ भयो ? यसो गर्नुहोस्

Newslaya Home

कम्प्युटर ह्याङ भयो ? यसो गर्नुहोस्

मङ्गलबार २८, माघ २०७६

दैनिक जीवनमा विभिन्न कामका लागि कम्प्युटर प्रयोग हुन्छ । अहिले यो अत्यावश्यकजस्तै भइसकेको छ । कम्प्युटरमार्फत विश्वभरका सूचना आदन–प्रदान गर्न सकिन्छ । तर, कम्प्युटरमा भाइरस लागी समस्या सिर्जना भएर दिक्क लाग्ने अवस्था निम्तिन्छ । भाइरसबाट कम्प्युटरलाई जोगाउने केही उपायहरु यस्ता छन्ः

–जथाभावी अनलाइन साइट खोल्दा र अरुका विभिन्न इमेल आफ्नो कम्प्युटरबाट खोल्दा पनि भाइरस सर्ने सम्भावना हुन्छ । त्यसैले पनि अपरिचितले पठाएको वा असम्बन्धित इमेल चेक गर्नुहुँदैन ।

– बजारमा किनेका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरीकार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना भएकाले एन्टीभाइरस सफ्टवेरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । कम्प्युटरमा एन्टीभाइरस नराख्नेजस्ता गल्ती गर्नुहुँदैन ।

– पेनड्राइभ सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले आफ्नो ल्याप्टपमा राखेर खोल्नुपूर्व स्क्यान गर्न बिर्सिनुहुँदैन ।