मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता

Newslaya Home

मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता

सोमबार २७, माघ २०७६

बिबिसि । पाकिस्तानसँग एक लाखभन्दा बढी सुरक्षागार्ड ल्याउने गरी मलेसियाले वार्ता गरिरहेको समाचार सार्वजनिक भएसँगै त्यसको असर नेपाली श्रम बजारमा हुन सक्ने विज्ञहरूले बताएका छन् ।

मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेसनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी हुन् ।

तर बीबीसी न्यूज नेपालीसँग नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले त्यस्तो परिवर्तनका सम्भावनाबारे अवगत नभएको बताए ।

व्यवसायीहरू अहिलेसम्म नेपाली सुरक्षागार्डका कोटामा कुनै असर नपरेको बताउँछन् ।