कारमा छुटेको १३ तोला सुन फिर्ता गर्ने चालकलाई ‘सुनको सिक्री’ उपहार

Newslaya Home

कारमा छुटेको १३ तोला सुन फिर्ता गर्ने चालकलाई ‘सुनको सिक्री’ उपहार

सोमबार २७, माघ २०७६

काठमाडौँ । यात्राका क्रममा आफ्नो कारमा १३ तोला सुनसहितका सामग्री छाड्ने यात्रुलाई चालकले सम्पुर्ण सामान फिर्ता गरिदिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुन्धाराका लक्की रिमालले थापाथलीस्थित नर्भिक अस्पताल नजिकैसम्म यात्रा गर्ने क्रममा कारमा सामान छाडेपछि तत्कालै महाशाखालाई खबर गरेका थिए ।

प्रहरीका अनुसार रिमाललाई आफुले यात्रा गरेको कारको नम्बरसमेत थाहा थिएन । तर बा २ ज ४०७१ नम्बरको कारका चालकले नविन सिग्देलले आफै आफ्नो कारमा कसैको सामान छुटेको भन्दै प्रहरीलाई सम्पर्क गरे ।

त्यसपछि प्रहरीले सामान धनी रिमाललाई बोलाएर चालक सिग्देलसँग सम्पर्क गराएको थियो । सामान भेटिएपछि खुसी देखिएका रिमालले सिग्देललाई ‘सुनको सिक्री’ उपहार दिए ।

प्रहरीका अनुसार कारमा छुटेको लगेजमा ल्यापटप, मेडिकलका कागजपत्र र लत्ताकपडा पनि थिए ।