फागनु १९ बाट नारिता उडान सुरु

Newslaya Home

फागनु १९ बाट नारिता उडान सुरु

सोमबार २७, माघ २०७६

काठमाडौं । नेपाल वायुसेवा निगमले फागुन १९ गते (२ मार्च) देखि जापानको नारितामा साताको तीन दिन सिधा उडान भर्ने भएको छ ।

एयरबस वाइड्वडीबाट गरिने उडान सोमबार, बुधबार र शुक्रबार हुने नेपाल एयरलाइन्सले जनाएको छ । बिहान १ः२५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने सो विमान सोही दिन अपरान्ह १८ः२५ मा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका बनाइएको छ ।

निगमले प्रबद्र्धनात्मक भाडादर भन्दै काठमाडौंबाट नारिताका लागि एकतर्फी ३७ हजार र दुईतर्फी भाडा ७३ हजार निर्धारण गरेको छ । यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५–२५ के.जी का २ वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३–२३ के.जीका २ वटा व्यागेजको सुविधा पाउने छन् ।

अगष्टमा सुरू गरिएको ओशाका उडान भने योसँगै बन्द हुनेछ ।