राजपाका तीन सांसदले सभामुख समक्ष बुझाए राजीनामा  

Newslaya Home

राजपाका तीन सांसदले सभामुख समक्ष बुझाए राजीनामा  

सोमबार २७, माघ २०७६

काठमाडौं । प्रदेश नं. २ सभाका राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित सांसदले आइतबार सभामुख सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका छन् ।

आइतबार प्रदेशको नामाकरणबारे छलफल गर्न समितिको बैठक बोलाइएको बेला राजपाका सांसदले राजीनामा बुझाएका हुन् ।

राजपा सांसद बिक्की यादव, नेत्रविक्रम शाह, डा. रिना यादवले सभामुख यादवलाई राजीनामा बुझाएपनि सभामुखले सम्झाइबुझाई गरेर राजीनामा फिर्ता गराएका छन् । सांसदको राजीनामा आएपनि आफूले सम्झाइबुझाई गरेर फिर्ता गराएको सभामुख यादवले बताए ।

गत आर्थिक वर्षमा प्रदेश सरकारबाट सञ्चालित योजनाको भुक्तानी हालसम्म नभएको विषयमा प्रदेशमा विवाद रहेको छ । प्रदेशसभा सदस्यले भुक्तानी हुनुपर्ने माग राख्दै आएपनि सरकारले भुक्तानी गरेको छैन । भुक्तानीको विषयमा दबाब सिर्जना गर्न आफूहरूले सभामुखलाई भेटेको सांसद डा.रिना यादवले बताइन् ।