छुरा प्रहार गरेको आरोपमा धरानबाट तीन जना पक्राउ

Newslaya Home

छुरा प्रहार गरेको आरोपमा धरानबाट तीन जना पक्राउ

सोमबार २७, माघ २०७६

धरान । सुनसरीको धरानबाट छुरा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

गत माघ २५ गते धरान–२० स्थित एन्जल मार्गमा २१ बर्षीय सुजन मगरलाई छुरा प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सामान्य बादबिबादको घटनालाई लिएर पेटमा छुरा प्रहार गर्ने धरान–१८ का विकास साह, इश्वर राई र धरान–१७ का सागर खड्कालाई सोही दिन पक्राउ गरि सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद गरिएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उक्त घटनामा घाइते बनेका मगरको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा उपचार भइरेहको प्रहरीले जनाएको छ ।