मोरङको पथरीमा बस दुर्घटना हुँदा १८ जना घाइते

Newslaya Home

मोरङको पथरीमा बस दुर्घटना हुँदा १८ जना घाइते

सोमबार २७, माघ २०७६

विराटचोक । मोरङको पथरीबजार नजिकै बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

सोमबार दिउँसो ३५ जना यात्रु लिएर जाँतेबाट पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस जाँते–पथरी सडकखण्डमा दुर्घटना भएको हो ।

तिव्र गतिमा रहेको बसको स्टेरिङ समेत फेल भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनमा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए ।

दुर्घटना पश्चात बसका चालक लेटाङ नगरपालिका–९ घर भएका २९ वर्षिय रामकुमार मगरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।