प्रदेश एकको बैठक आज पनि स्थगित, कांग्रेसको अवरोध कायमै

Newslaya Home

प्रदेश एकको बैठक आज पनि स्थगित, कांग्रेसको अवरोध कायमै

सोमबार २७, माघ २०७६

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक पनि स्थगित भएको छ ।

सोमबार बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले उठेर विरोध गरेका थिए । सभामुख प्रदीपकुमार भण्डारीले पटकपटक बस्न गर्दा पनि निरन्तर उठेर विरोध गरिए पछि मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

भण्डारीले ललिता निवास प्रकरण प्रदेशसभाबाट समाधान हुने विषय नभएको र अदालतमा विचाराधीन मुद्दा पनि भएकाले बस्न आग्रह गरेका थिए । बालुवाटारस्थित ललिता निवास प्रकरणमा राजनीतिक प्रतिशोध साँध्ने गरी नियोजित रूपमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै कांग्रेसले विरोध जनाउँदै आएको छ ।

आइतबारको बैठक प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएर विरोध जनाए पछि सोमबार २ः०० बजे बस्ने गरि स्थगित गरिएको थियो ।