मोरङबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ

Newslaya Home

मोरङबाट लागूऔषध गाँजासहित एक महिला पक्राउ

सोमबार २७, माघ २०७६

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–५ बाट लागूऔषध गाँजासहित एक महिला पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले बुढीगंगा–५ की ४० वर्षीया रमिना माझीलाई सोमबार पक्राउ गरेको हो । घरबाटै पक्राउ परेका माझीको साथबाट प्लास्टिकमा पोका बनाएर राखेको अवस्थामा २८ पोका गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

अन्दाजी एक केजी गाँजा सहित पक्राउ परेका माझीको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।