कुकुर बचाउन गएका युवा सेती नदिमा खसे

Newslaya Home

कुकुर बचाउन गएका युवा सेती नदिमा खसे

सोमबार २७, माघ २०७६

कास्की । पोखरा रंगशालाको कबर्डहल नजिकै कुकुर बचाउन गएका युवा सेती नदिमा खसेका छन् ।

सेती नदीको खोचमा आफ्नो कुकुर अड्किएपछि कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने २३ वर्षका आकास गुरुङ सेतीनदीमा खसेका हुन् ।

सेती नदिको खोँचमा खसेका गुरङलाई स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्धार समूह र वडा प्रहरी कार्यालय वैदामको प्रहरी टोली उद्धारका लागि खटिएको थियो ।

नेपाल प्रहरीको उद्धार टोलीले लट्ठाको मदतले खोचमा पसेर गुरङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उद्धार गरिएका गुरुङको अवस्था समान्य रहेको जनाइएको छ ।