भारतबाट लागुऔषध ल्याउँदै गरेका युवा पक्राउ

Newslaya Home

भारतबाट लागुऔषध ल्याउँदै गरेका युवा पक्राउ

सोमबार २७, माघ २०७६

सप्तरी । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट ठूलो परिमाणको लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।

अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागी परीक्षण गर्दा उनका साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ एम्पुल डाइजेल्याब, २० एम्पुल नोफिन र छ थान सुई फेला पारेको प्रहरीले जनाएको छ ।