लुम्बिनीमा एक महिलाको शव फेला

Newslaya Home

लुम्बिनीमा एक महिलाको शव फेला

सोमबार २७, माघ २०७६

लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–४ मा एक महिलाको शव फेला परेको छ ।

पोखरीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । घटनास्थलमा पहेँलो रङको साडी र नीलो रंगको स्वेटर, दुई वटा १० र चार वटा पाँच रुपैयाँको नोट, केही सिक्का, नाकको फुली समेत फेला पारिएको हो ।

उक्त महिलाको शव सडेका कारण पहिचान गर्न नसकिएको इप्रका लुम्बिनीका प्रहरी प्रमुख ईश्वर कार्कीले बताए । शव परीक्षणका लागि भीम अस्पताल पठाइएको र आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।