सोलुखुम्बुका एक व्यक्ति ठगी आरोपमा पक्राउ

Newslaya Home

सोलुखुम्बुका एक व्यक्ति ठगी आरोपमा पक्राउ

सोमबार २७, माघ २०७६

काठमाडौं । भक्तपुरको लोकन्थलीबाट वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेर फरार एक जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले सोलुखुम्बु दूधकौशिका गाउँपालिका घर भई लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

दिलीप कुमार शर्मा लगायतका युवालाई रोजगारीमा पठाउने भन्दै ८ लाख ठगेर फरार भएको उजुरी परेपछि पक्राउ परेका कार्कीलाई आज महानगरीय प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ।
कार्कीले कतार, माल्दिभ्सलगायतका देशमा पठाउन उक्त रकम लिएको जनाइएको छ ।