झापाबाट डेढ लाख बढीको सामान बरामद

Newslaya Home

झापाबाट डेढ लाख बढीको सामान बरामद

सोमबार २७, माघ २०७६

झापा । झापाको मेचीनगर नगरपालिका–६ दुर्गा मन्दिरबाट भारत तर्फ लैजाँदै गरेको अवैध सामान बरामद गरेको छ ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ७५ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

नेपालबाट भातर तर्फ लैजाँदै गरेको १२५ किलो मरीच २०० किलो छगडा र १५ कार्टुन स्याउ बरामद गरिएको उक्त परिमाणको सामान इलाका प्रहरी कार्यालयमा राखि आवश्यक कानूनी प्रकृया पश्चात मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।