संखुवासभा र इलाममा आगलागी हुँदा ३४ लाख बढीको क्षति

Newslaya Home

संखुवासभा र इलाममा आगलागी हुँदा ३४ लाख बढीको क्षति

सोमबार २७, माघ २०७६

इटहरी । संखुवासभा र इलामका दुई स्थानमा आगलागी हुँदा ३४ लाख बढीको क्षति भएको छ ।

आइतबार साँझ इलामको सूर्योदय नगरपालिका–२ का शसी क्षेत्रीको घरमा आगलागी भएको हो । क्षेत्रीको टिनको छानो भएको २ तले घरमा अचानक आगलागी हुँदा सुन, नगद, ईलेक्ट्रोनिक्स सामान, फर्निचरका सामान काठपात, अन्नपात, लत्ताकपडा पुर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी २७ लाख ८ हजार मुल्य बराबरको क्षति भएको छ ।

आगलागीको खबर पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै संखुवासभाको पाचँखपन नगरपालिका–७ बाहुनगाउँ बस्ने पदमनाथ कुईकेलको घरमा समेत आगलागी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी ७ लाख मुल्य बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीबाट कुईकेलको टिनको बेरा भएको ३ तले घर, घर भित्र रहेको नगद, चाँदी, लत्ताकपडा, अन्नपात लगायत घर भित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।