किशोरी बेचबिखनको आरोपमा दुई जना पक्राउ

Newslaya Home

किशोरी बेचबिखनको आरोपमा दुई जना पक्राउ

सोमबार २७, माघ २०७६

गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाका दुई जनालाई किशोरी बेचबिखन प्रयासको आरोपमा पक्राउ गरिएको छ ।

१७ बर्षकी किशोरी बेचबिखन गर्न खोजेको आरोपमा सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ बर्षका भीमप्रसाद ढकाल र ३९ बर्षका रामवावु दूतराज (बिक) लाई पक्राउ गरिएको हो ।

कक्षा ९ मा पढ्ने १९ वर्षीया किशारीलाई उचाई, शारीरिक बनावट राम्रो भएको भन्दै प्रलोभनमा पारी चितवन तर्फ लाँदै गर्दा किशोरी भाग्न सफल भएपछि उक्त घटना बाहिरिएको हो । शंका लागि भागेर घर फर्किएकी किशारीले घटनाबारे आमालाई सुनाए पछि आफन्तसँगको सल्लाहमा ढकाल र दूतराजविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

माघ २३ गते ढकाल र दूतराजले बालिकाको हाइट नापेर भिडियोसमेत बनाएर भोलिपल्ट चितवन गयौ भने तिम्रो भाग्य चम्किन्छ, एक करोड पाउछौ भनेर ललाइफकाइ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खतिवडाले बताए ।

प्रहरीमा जाहेरी परेपछि गाउँबाटै पक्राउ परेका ढकाल र दूतराजविरुद्ध बेचविखन तथा मानव ओसारपसार कसूर अन्तर्गत प्रहरीले जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।