बसले मोटरसाइकललाई ठक्कर दिँदा सिराहामा दुई जनाको मृत्यु

Newslaya Home

बसले मोटरसाइकललाई ठक्कर दिँदा सिराहामा दुई जनाको मृत्यु

सोमबार २७, माघ २०७६

सिराहा । बसले मोटरसाइकललाई ठक्कर दिँदा सिराहामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु १६ प ४४४१ नम्म्बरको मोटरसाइकलमा सवार सिराहा नगरपालिका–३ का ४५ वर्षीय शैलेन्द्र मण्डल र सोही ठाउँका ३० वर्षीय अमन मण्डल रहेका छन् । सिराहा–चोहर्वा सडक खण्डमा मोटरसाइकललाई ठक्कर दिँदा दुबै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुबैलाई उपचारका लागि विराटनगर लग्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाल ेजनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।