सुर्य प्राविको २७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

Newslaya Home

सुर्य प्राविको २७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

सोमबार २७, माघ २०७६

लेटाङ । लेटाङ नगरपालिका –५ स्थित श्री सुर्य प्राथमिक विद्यालयले आइतबार २७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

वडा नं ५ का वडाअध्यक्ष भुम सुर्य मगरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विविध सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत, छात्रवृत्ति तथा पुरस्कार वितरण,अभिभावकका लागी डोरितान, सटपुट, बेलुनफोर, तातो आलु, चम्चा दौड तथा अनुमान खेल तथा रमाइलो चिट्ठा खेलहरु समेर संचालन गरिएको थियो ।