सुन चाँदीको मूल्य स्थिर

Newslaya Home

सुन चाँदीको मूल्य स्थिर

सोमबार २७, माघ २०७६

काठमाडौं । सोमबार (आज) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार तोलाको ७६ हजारमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार बजारमा तेजावी सुन तोलाको ७५ हजार ७ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य ८८० रुपैयाँ प्रतितोला कायम गरिएको छ।