इटहरी प्रहरीद्धारा चोरिएका मोबाइल फिर्ता

Newslaya Home

इटहरी प्रहरीद्धारा चोरिएका मोबाइल फिर्ता

सोमबार २७, माघ २०७६

सुनसरी । इलाका प्रहरी कार्यलय इटहरीले चोरी भएका मोबाइल फेला पारी फिर्ता गरेको छ ।

सोमबार करिब ८ लाख बजार मूल्यको ३६ थान मोबाइल सम्बन्धीत धनीलाई फिर्ता गरेको हो । २०७६ साल वैशाख बाट सुरु भएको शाखाले १० महिनको अवधिमा करिब ५६ लाख बजार मूल्य भएका मोबाइल पारेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले हाल सम्म २३१ थान हराएका तथा चोरी भएको मोबाइलहरू सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।