अस्वस्थ प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगे

Newslaya Home

अस्वस्थ प्रधानमन्त्री ओली ग्रान्डी अस्पताल पुगे

सोमबार २७, माघ २०७६

काठमाडौं । दुई दिनदेखि अस्वस्थ प्रधानमन्त्री केपी ओली सोमबार स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका छन् ।

शनिबार मृगौलाको डायोलासिस गराएका ओली सोमबार स्वास्थ्य जाँचका लागि ग्रान्डी अस्पताल पुगेका हुन् । उनको शनिबार त्रिवि शिक्षण अस्पतालमा डायोलासिस गराइएको थियो ।

आइतबार उनी झन्डै दिनभर रेस्ट गरेर बसेका थिए । तर, स्वास्थ्यमा सुधार नआएपछि उनी सोमबार बिहान ग्रान्डी अस्पताल पुगेका हुन् ।