क्यानडाको संसदीय प्रतिनिधमण्डल भ्रमणका लागि काठमाण्डौ आइपुगे

Newslaya Home

क्यानडाको संसदीय प्रतिनिधमण्डल भ्रमणका लागि काठमाण्डौ आइपुगे

सोमबार २७, माघ २०७६

काठमाण्डौ । क्यानडा सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधमण्डल नेपाल भ्रमणका लागि काठमाण्डौ आइपुगेको छ ।

सोमबार बिहान काठमाण्डौ आइपुगेका सभामुख फ्युरीले बिहान साढे ११ बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँग भेट गर्ने कार्यक्रम छ । उनले दिउँसो २ बजे राष्ट्रियसभा बैठक अवलोकन गर्ने कार्यसूची छ ।

मङ्गबार (भोली) बिहान प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट गर्ने कार्यक्रम छ भने दिउँसो १२ बजेपछि पाटन सँग्रहालयको भ्रमण गरि दिउँसो साढे २ बजे स्वदेश फर्किने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।