सरकारी कागज कीर्ते आरोपमा राजविराज मालपोतका कर्मचारी पक्राउ

Newslaya Home

सरकारी कागज कीर्ते आरोपमा राजविराज मालपोतका कर्मचारी पक्राउ

सोमबार २७, माघ २०७६

सप्तरी । सरकारी कागज कीर्ते गरेको आरोपमा सप्तरीका एक कर्मचारी पक्राउ परेका छन् । राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ बस्ने ७६ वर्षीय फुरन चौधरी थारुले विश्वकर्माविरुद्ध लिखित उजुरी दिएकाले पक्राउ गरिएको प्रहरीले जानएको छ ।
जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।