वुहानमा रहेका नेपालीलाई लिन निगमको वाइडबडी चीन जाने

Newslaya Home

वुहानमा रहेका नेपालीलाई लिन निगमको वाइडबडी चीन जाने

सोमबार २७, माघ २०७६

काठमाडौं । चीनको वुहानस्थित कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीलाई लिन सरकारले फागुन ३ मा नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान पठाउने गरी तयारी सुरु गरेको छ ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने भएको हो । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली रहेका र उनीहरुले छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

अभिभावकहरुले समेत विभिन्न निकायमा गएर आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै आएका छन् । उनीहरुको उद्धार गर्न परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरु, नेपाल एयरलाइन्सका प्रतिनिधिहरु रहेको समिति गठन गरिएको छ ।