कोरोना भाइरस : एकै दिन ९७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ सय १० पुग्यो

Newslaya Home

कोरोना भाइरस : एकै दिन ९७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ सय १० पुग्यो

सोमबार २७, माघ २०७६

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय १० पुगेको छ । यसमध्ये ९ सय ८ जना चिनियाँ नागरिक हुन् ।

मृत्यु हुने अन्य दुई जना गैह्रचिनियाँ छन् । एक जना अमेरिकी र जापानीको पनि कोरोनाबाट मृत्यु भएको छ ।

कोरोनाको महामारी फैलिएको डेढ महिनामा ४० हजार १ सय ७१ जना संक्रमित छन् । वुहानबाट फैलिएको कोरोना भाइरसको अहिलेसम्म विश्वका ३० मुलुकमा देखिएको पुष्टि भइसकेको छ ।

कोरोना संक्रमितलाई बचाउँन चीनले छुट्टै अस्पताल निर्माण गरेर उपचार गरे पनि नियन्त्रणमा आउन सकेको छैन ।