सडक विभागले चार सय ७४ जना कर्मचारी थप्दै

Newslaya Home

सडक विभागले चार सय ७४ जना कर्मचारी थप्दै

सोमबार २७, माघ २०७६

काठमाडौं । सडक विभागले कर्मचारी थप गर्न पहल थालेको छ । लामो समयदेखि कर्मचारी थप नगरिएका कारण समस्या पदै आएको भन्दै विभागले तत्काल चार सय ७४ कर्मचारी थप गर्ने पहल थालेको हो ।

विभागका उपमहानिर्देशक शिवहरि सापकोटाकाअनुसार काम गर्न र सडकको गुणस्तर कामय गर्न समस्या परेपछि प्राविधिक कर्मचारी थप गर्नुपर्ने अवस्था आइलागेको हो । विभागले कर्मचारी थप गर्न गरेको प्रस्ताव यतिखेर संघीय मामला तथा सामान्य प्रशासन मन्त्रलायमा पुगेको छ ।