स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

Newslaya Home

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

सोमबार २७, माघ २०७६

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले ओसासुनालाई ४–१ गोलले पराजित गरेको छ ।

पछिल्लो समय लयमा देखिएको रियलका लागि इस्को, सर्जियो रामोस, लुकास भास्केज र लुका जोभिकले गोल गर्न सफल भए ।

ओसासुनाका लागि एक मात्र गोल उनाइ ग्रासियाले गरे ।

ओसासुनाका लागि खेलको १४ औं मिनेटमा ग्रासियाले गोल गरे । तर, खेलको ३३ औं मिनेटमा रियलका लागि इस्कोले बराबरी गोल फर्काए ।

रियलका लागि खेलको ३८ औं मिनेटमा रामोसले गोल गरे । खेलको ८४ औं मिनेटमा लुकासले गोल गरे ।

खेलको अन्तिम समयमा लुकाले गोल गरे ।

शिर्षस्थानमा रहेको रियलको २३ खेलमा ५२ अंक छ । ओसासुना २३ खेलमा २८ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।