चौलागाईसंग पैसा मागेको कुरा भ्रामक : मेयर

Newslaya Home

चौलागाईसंग पैसा मागेको कुरा भ्रामक : मेयर

आइतबार २६, माघ २०७६

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले आफूले राम प्रसाद चौलागाँई सँग ४५ लाख रकम मागेको भन्ने कुरा कपोकल्पित र भ्रामक प्रचार भएको जनाएका छन् ।

पत्रकारहरुसँग कुरागर्दै उनले आफूले अहिले सम्म निष्ठा, इमान्दारी र आदर्षको राजनीति गर्दै आएको बताएका छन् । इटहरी खानेपानीको फाइल अख्तियारले तानेकाले आफूविरुद्ध खानेपानीका अध्यक्ष चौलागाईले त्यस्तो आरोप लगाएको उनले बताए ।

यसैबिच मेयर चौधरीले इटहरी उपमहानगरअघि सुवास शाहले संचालन गरेको पान पसल बन्द गरेको नभई सात दिन भित्र त्यहाँबाट स्थानान्तरण गर्न सूचना टाँस गरेको बताएका छन् । उनले इटहरी बजार सरसफाईका क्रममा गुटखा र सूर्तीजन्य पदार्थको खोलले धेरै फोहोर भएको पाइएकाले एक हप्ता अघि उपमहानगरअघि सूर्तीजन्य पदार्थ नबेच्न भन्दा अटेर गरेकाले पसल त्यहाँ बाट स्थानान्तरण गर्न पत्र काटिएको र उनले पत्र बुझन नमानेको बताए ।