ओडिसामा बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३० घाइते

Newslaya Home

ओडिसामा बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु, ३० घाइते

आइतबार २६, माघ २०७६

ओडिसा । भारतको ओडिसामा एक बसमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बसले ११ किलोवाटको पावर ट्रान्समिसनको बिजुलीको तार छुँदा आगलागी भएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीका अनुसार आइतबार उक्त बस जंगलपाडुबाट चिकाराडातर्फ गइरहेको थियो । बसमा सवार यात्रुहरु नजिकैको गाउँमा हुने विवाह उत्सवमा सहभागी हुन गइरहेका थिए ।

स्थानीयले घटनास्थल पुगेर घाइतेको बाहिर निकालेको र उनीहरुलाई बहरामपुर एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको बीबीसी हिन्दीले जनाएको छ ।