१३औं ‘साग’मा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय

Newslaya Home

१३औं ‘साग’मा स्वर्ण जित्ने फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय

आइतबार २६, माघ २०७६

काठमाडौं । अखिल नेपाल फुटबल (एन्फा)ले १३औं दक्षिण एसियली खेलकुद (साग)मा स्वर्णपदक जित्ने नेपाली पुरुष फुटबल टिमका खेलाडीहरुलाई जनही साढे पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

एन्फाको आइतबार एन्फा परिसरमा बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौंमा भएको १३औं सागमा फाइनलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलाडीहरुलाई जनही पाँच लाख दिने बताएपनि अहिलेसम्म खेलाडीहरुले पाएका छैनन् ।

यस्तै, सागमा उपविजेता बनेको महिला फुटबल टिमका खेलाडीले जनही डेढ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।