कस्तुरी कलेजको २२ औं वार्षिकोत्सव सम्पन्न, विविध विधामा सम्मान

Newslaya Home

कस्तुरी कलेजको २२ औं वार्षिकोत्सव सम्पन्न, विविध विधामा सम्मान

आइतबार २६, माघ २०७६

इटहरी । सुनसरीको इटहरीस्थित कस्तूरी एकेडेमीले २२ औं वार्षिकोत्सव मनाएको छ ।

शनिबार पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. विजु थपलियाको प्रमुख आतिथ्यमा विभिन्न विधामा सफल व्यक्तिहरुलाई सम्मान गर्दै मनाएको हो ।

एकेडेमीका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडीदेखि सञ्चारकर्मीसम्मलाई सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार विक्रमश्रि, राजु के.सी., मणि गुरुङ्ग, प्राज्ञ रामकुमार राजधामी, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ्ग, पूर्व विद्यार्थी तथा बैंकर दुर्गा भट्टराई, सागअन्तर्गत तेक्वान्दोमा महिला पुम्सेतर्फ स्वर्ण पदक विजेता शुसिला राई, तेक्वान्दोमै महिला फाईटिङ्गतर्फ रजत पदक विजेता अप्सरा कार्की, चलचित्र तथा सञ्चारकर्मी नविन गुरुङ्ग (गुरुङ्ग सोल्टी) सम्मानित भएका हुन् ।

कार्यक्रममा एकेडेमीमा अध्ययनरत विनिशा भट्टराई (कक्षा ११), रवि शंकर पाठक (कक्षा १२), आशिष विष्ट (बिबिए), प्रियंका खतिवडा (बिबिएस) लाई आउटस्ट्याण्डीङ स्टुडेन्ट अफ द इयर उपाधिबाट सम्मानित गरिएको थियो । यस्तै क्षितिज दाहाल (प्लस टु), सर्मिला श्रेष्ठ (बिबिए) र वशन दाहाल (बिबिएस)लाई ब्याच टपरको रुपमा सम्मान गरिएको थियो ।

एकेडेमीले सञ्चालन गरेको खेलकुदतर्फ प्रथम स्थान हासिल गर्ने क्रिकेट, भलिवल, वक्तृत्वकला र टेवलटेनिस प्रतियोगिताका खेलाडीहरुलाई नगद तथा ट्रफि प्रदान गरिएको थियो । त्यस्तै वर्ष भरिका विभिन्न परीक्षाहरुमा उत्कृष्ट हुने मध्ये कक्षा ११ को बोर्ड परीक्षामा प्रथम हुने सन्ध्या धिमाललाई लक्ष्मी छात्रवृत्ति अन्र्तगत पाँच हजार १०१ रुपैया नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. केदारप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कस्तूरी मा.वि.का प्रिन्सिपल प्रेमप्रसाद न्यौपानेले कार्यक्रमको बारेमा उल्लेख गरेका थिए । उक्त कार्यक्रममा नागरिक समाजका अध्यक्ष दिनेश रसाईली, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरे, प्याब्सन १ नं. प्रदेश सचिव सुमित थापा, युवा तथा खेलकुद महाशाखाका प्रमुख अधिकृति फल्गुनी काफ्लेलगायतको उपस्थिति रहेको थियो ।

Image may contain: Gurung Solti, possible text that says '

Image may contain: 19 people, people smiling, people sitting

Image may contain: 4 people, people smiling, people standing

Image may contain: 25 people, people smiling, people sitting

Image may contain: 3 people, people smiling, people standing and text

Image may contain: 3 people, people standing and text

Image may contain: 10 people, including Pranisha Udas and Bheshaja Kafle, people smiling, people standing

Image may contain: 5 people, including Preeyankaa Khateewada, people smiling, people standing and stripes

 

1 प्रतिकृयाहरू प्राप्त
  • Ravi pathakलेख्नुहुन्छ
  • |
  • सोमबार २७, माघ २०७६
It was really a wonderfull programme. Wishing for great years ahead of kasturi❤️