अफगानिस्तानमा गोली प्रहारबाट दुई अमेरिकी सैनिकको मृत्यु

Newslaya Home

अफगानिस्तानमा गोली प्रहारबाट दुई अमेरिकी सैनिकको मृत्यु

आइतबार २६, माघ २०७६

एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रस्थित ननग्रहर प्रान्तको शिरजाद जिल्लामा दुईजना अमेरिकी सुरक्षाकर्मी मारिएका छन् ।

शनिबार अफगान सुरक्षाकर्मीले मेसिनगन प्रहार गर्दा दुईजना अमेरिकी सुरक्षाकर्मीको ज्यान गएसको हो । उक्त घटनामा अमेरिकी पक्षबाट पनि प्रतिरक्षात्मक आक्रमण भएको बताइएको छ ।

अफगान र अमेरिकी फौजको संयुक्त समूहमाथि अचानक अफगान सिपाहीले मेसिनगन प्रहार गरेका थिए । आक्रमण गर्ने व्यक्तिको भने मृत्यु भइसकेको छ ।

घटनाबारे विस्तृतमा जानकारी सार्वजनिक नभएपनि अन्य ६ जना घाइते भएको जनाइएको छ । आक्रमणको कारणबारे खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यस घटनाबारे तालिबान समूह वा अन्य कुनै सशस्त्र समूहले जिम्मेवारी लिएका छैनन् । अफगानिस्तानमा १४ हजार अमेरिकी सैनिक तैनाथ रहेका छन् ।