संखुवासभा स्थित एक स्काभेटरमा आगजनी

Newslaya Home

संखुवासभा स्थित एक स्काभेटरमा आगजनी

आइतबार २६, माघ २०७६

खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–२ मयूममा एक स्काभेटरमा आगजनी गरिएको छ । शनिबार राति अज्ञात समूहले चैनपुर–नुनढाकी सडकखण्डमा काम गर्दे गरेको को. २ च ६००० नम्बरको स्काभेटरमा आगजनी गरेका हुन् ।

अमर कन्ट्रक्सन निर्माण सेवाले काम गरिरहेको स्काभेटरमा आगजनी हुँदा उक्त स्काभेटरको विभिन्न भागमा क्षति पुगेको अमर कन्ट्रक्सन निर्माण सेवाका थमान गुरुङले जानकारी दिए ।

स्काभेटर आगजनीको कसैले नलिए पछि आगजनी गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक उपेन्द्र खरेलले बताए ।