प्रदेश एकको बैठक स्थगित, कांग्रेसको अवरोध कायमै

Newslaya Home

प्रदेश एकको बैठक स्थगित, कांग्रेसको अवरोध कायमै

आइतबार २६, माघ २०७६

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आइतबार (आज)को बैठक स्थगित भएको छ ।

माघ २३ गतेदेखि शुरु भएको पाँचौ अर्थात् हिउँदे अधिवेशनको यो दोस्रौ बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगित गरिएको हो ।
आईतबार बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सदस्य उभिएर विरोध जनाए पछि बैठक सोमबार २ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

पटकपटक बस्न आग्रह गर्दा पनि आफ्नो स्थानमा नबसेपछि सभामुख भण्डारीले बोल्न दिएको समयमा बोल्दै सचेतक सूर्यमाराज राईले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतालाई रक्षा गर्नुपर्ने धारणा व्यक्त गरे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै प्रकृतिको मुद्दामा कसैले उन्मुक्ति पाउने र कसैलाई कारवाही हुने काम गलत भएको भन्दै सचेतक राईले कारबाही प्रक्रियालाई नसच्याए लगातार सदन अवरोध गर्ने घोषणा गरेका थिए ।

बैठकको आजको सूचिमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले ‘प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेश हुने कार्यक्रम तय भएको थियो ।