इटहरी नगरले टाँस्यो चौलागाईँको घरमा पत्र, सात दिनमा जग्गा छाड्न आदेश

Newslaya Home

इटहरी नगरले टाँस्यो चौलागाईँको घरमा पत्र, सात दिनमा जग्गा छाड्न आदेश

आइतबार २६, माघ २०७६

इटहरी । सुनसरीको इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद चौलागाईको घर, जग्गा हटाउन पत्र टाँसिएको छ ।

खानेपानी अध्यक्ष भएरै ऐलानी जग्गा हडप्दै आएको भन्दै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईद्धारा हस्ताक्षरित पत्र टाँसिएको हो ।

नेकपाका नेता समेत रहेका चौलागाईलाई सरकारी जग्गामा घर बनाएको भन्दै ७ दिन भित्र जग्गा छाड्न मेयर द्धारिकलाल चौधरीले नगरप्रहरीलाई पत्र टाँस्न पठाएका थिए ।

आइतबार सात दिन भित्र ऐलानी जग्गा खाली नगरे कानुन अनुसार कारबत्राही गर्ने चेतावनी सहितको ७ दिने अल्टिमेटम पत्र रामप्रसादको घरमा टाँसिएको छ । यसअघि इटहरीका मेयर चौधरीले सार्वजनिक कार्यक्रममै चौलागाईलाई भ्रष्टाचारी भन्दै कुटपिट समेत गरेका थिए ।

No photo description available.