एम्बुलेन्सबाट मरेको चित्तल बरामद, चालक समातिए

Newslaya Home

एम्बुलेन्सबाट मरेको चित्तल बरामद, चालक समातिए

आइतबार २६, माघ २०७६

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स भित्र मरेको चित्तल भेटिएपछि नियन्त्रणमा लिइएको छ ।

आइतबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोलीले डिलाशैनी गाउँपालिका बैतडीको नाममा रहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसभित्र चेकजाँचका क्रममा मरेको चित्तल फेला पारेपछि नियन्त्रणमा लिएको हो ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट एम्बुलेन्स भित्र मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरालाई समेत पक्राउ गरिएको गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

उक्त घटनापछि चालक बोहरालाई पक्राउ गरि थप अनुसन्धान थालिएको छ । उनीमाथि वन्यजन्तु संरक्षण ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

एम्बुलेन्सभित्र मरेको चित्तल भेटिएपछि...