तालिबानी नेताको अफगानिस्तानमा हत्या

Newslaya Home

तालिबानी नेताको अफगानिस्तानमा हत्या

आइतबार २६, माघ २०७६

एजेन्सी । पाकिस्तानका तालिबानी एक नेता अफगानिस्तानमा मारिएका छन् ।

ताहरिक ए तालिबान पाकिस्तान (टिटिपी)ले विज्ञप्ति निकाल्दै पाकिस्तानी तालिबान समूहका नेता शेख खलिद हक्कानीको मृत्यु भएको पुष्टि गरेको हो ।

‘अमेरिकी पाल्तुहरु’सँग लडिरहेका बेला उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । समूहकैल महत्वपूर्ण भुमिकामा रहेका नेता हक्कानीसहित समूहका सदस्यको सुरक्षा फौजसँग भिडन्त हुँदा मृत्यु भएको पाकिस्तानी तालिबानले पुष्टि गरेको हो ।

केही विषयमा पुस्तक लेखिसकेका हक्कानी लेखक समेत हुन् । तर अफगान सुरक्षा फौजले भने उक्त घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।