फ्रान्समा एप्पल कम्पनीमाथि तीन अर्ब जरिवाना

Newslaya Home

फ्रान्समा एप्पल कम्पनीमाथि तीन अर्ब जरिवाना

आइतबार २६, माघ २०७६

काठमाण्डौ । पूराना मोबाइलहरू ‘स्लो’ बनाएको आरोपमा फ्रान्समा एप्पल कम्पनीमाथि तीन अर्ब रुपैयाँ जरिवाना लगाइएको छ। पूराना सेटहरूमा अचानक बन्द हुने तथा ब्याट्री नटिक्ने समस्या देखिएको थियो।

एप्पलले चिसो मौसम वा अन्य असम्बन्धित कारण देखाउँदै आएकोमा फ्रान्सले कम्पनीलाई दोषी ठहर्‍याउँदै जरिवाना लगाइएको हो । साथै, समस्याग्रस्त मोबाइल सेटमा निःशुल्क ब्याट्री फेरिदिन पनि उक्त कम्पनीलाई निर्देशन दिइएको छ।

एप्पलले उक्त कारबाही प्रक्रियाको सारा जानकारी आफ्नो वेबसाइटमा एक महिनासम्म राख्नु पर्नेछ। एप्पलले कारबाहीका क्रममा राखिएका सबै शर्तहरू स्वीकार्ने जनाएको छ।