संसदमा कांग्रेसको अवरोध, रोकियो प्रतिनिधिसभाको बैठक

Newslaya Home

संसदमा कांग्रेसको अवरोध, रोकियो प्रतिनिधिसभाको बैठक

आइतबार २६, माघ २०७६

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुको विरोधले गर्दा संसद बैठक मंगलबारसम्म स्थगित भएको छ ।

आइतबार बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएपछि मंगलबार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

विरोधका बावजुद बैठक चल्न नसक्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसका सांसदहरुले उठाएको विषय दालतमा प्रवेश भइसकेको हुँदा सदन सुचारु गर्न दिन आग्रह गरेका थिए ।

कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै कांग्रेस सांसदहरूले तेस्रोपटक सदन अवरूद्ध गरेका हुन् ।

यसअघिका दुईवटा बैठकमा शालिनतापूर्वक कुरा सुनिसकेको जनाउँदै सभामुख सापकोटाले बैठक मंगलबारसम्म स्थगित गरेका छन् ।